आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

संक्रमणबाट निको हुनेको संख्या बढ्दै, संक्रमणदर घट्दै

आइतबार, भाद्र ६ २०७८

काठमाडौं, भाद्र ६ । पछिल्लो २४ घण्टामा पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । लामो समयपछि हिजो शनिवार निको हुनेको सङ्ख्या बढी भएकोमा आज  पनि निको हुनेको सङ्ख्या बढी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४८ जना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९८ हजार एक सय ७३ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ९ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  १२ हजार पाँच सय १६ जनाको नमुना परीक्षण गर्दा एक हजार ९ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि हो ।  २४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये १५ दशमलव ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । 

यही अवधिमा थप २४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ५ सय ९ पुगेको छ । 

 पछिल्लो तथ्यांक अनुसार ३८ हजार सात सय ५१ जना सक्रिय सङ्क्रमित उपचाररत छन् । रहेका छन् ।