आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बारामा दुईवटा मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

आइतबार, भाद्र ६ २०७८

काठमाडौं, भाद्र ६ । बाराको सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  टाँगिया जाने बाटोमा दुइवटा मोटरसाइकल आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल   ठोकिँदा नुवाकोटको घुङताङ– ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र सोही ठाउँका ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।  तिब्र गतिका कारण मोटरसाइल दुर्घटनामा परेको प्रहरीको भनाई छ ।