आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

न्यायाधीश बन्न खोज्ने झापाका युट्युबरसहित ३ जना पक्राउ, चरित्र हत्या गरेको आरोप

शनिबार, भाद्र ५ २०७८

काठमाडौं, ४ भाद्र । झापाको बिर्तामोडस्थित एक होटलमा खाजा खान गएका व्यक्तिको भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भनी युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने ३ जनालाई प्रहरीले  पक्राउ गरेको छ । होटलमा खान गएका महिला र पुरुषले आफुहरुको चरित्र हत्या गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

पीडितले ६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए । पीडितले बिर्तामोडको होटल जंगल भ्यु चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल सञ्चालक सुवास कार्की, युट्युबरहरु खगेन्द्र घिमिरे र भाष्कर श्रेष्ठ तथा सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाईं पोखरेल विरुद्ध उजुरी दिएका थिए ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाबाट पक्राउ अनुमति लिएर भट्टराई, कार्की र घिमिरेलाई पक्राउ गरेको जनाएको छ ।

गएको मंगलबार राति बिर्तामोडको सिमाना होटलको कोठाभित्र बसेर खाजा खाइरहेका दुई महिला र एक पुरुषको भिडियो खिचेर यूट्युबरले सार्वजनिक गरेका थिए ।  
पक्राउ परेका सबैलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जनाए ।