काठमाडौं, भाद्र ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिरामी भएका छन् । हिजो बेलुकादेखि अध्यक्ष दाहाललाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको दाहालको सचिवालयले जनाएको छ ।
हिजो माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचनका क्रममा समेत अध्यक्ष दाहालले आफूलाई बिसन्चो हुदाहुदै पनि कार्यक्रममा आएको बताएका थिए ।
दाहाललाई रुघा, खोकी र ज्वरो देखिएपछि परिक्षण गरिएकोमा कोरोना नेगेटिभ देखिएको सचिवालयले जनाएको छ । चिकित्सकका अनुसार दाहाललाई भाइरल ज्वरो आएको बतएका छन् । पछिल्लो समय राजनीतिक गतिविधी बढाएका दाहालले आज भने कसैसग भेट नगरेको उनको सचिवालयले जनाएको छ ।