पछिल्लो २४ घण्टामा मुलुकमा ३ हजार ४२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ५४ नमुना परीक्षण गर्दा तीन हजार बढिमा संक्रमण भेटिएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । कोभिडबाट निको हुने क्रम पनि सुधारोन्मुख रहेको मन्त्रालयको भनाई छ ।
पछिल्लो अवधिमा २ हजार २ सय ४४ जना निको भएका छन् । कूल निको हुनेको संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ । सक्रिय संक्रमित संख्या ४० हजार ३०९ पुगेको छ ।
उपत्यकामा आज ८ सय ९८ जना संक्रमित थपिएका छन् ।
पीसीआर परीक्षण गर्दा कूल संक्रमितको संख्या ७ लाख ४४ हजार ३०७ र एन्टीजेन परीक्षणमा ७९ हजार ३४० संक्रमित पुष्टि भएका छन् ।
त्यस्तै, कूल मृत्युदर १ दशमलव ४० प्रतिशत, कूल सक्रिय संक्रमित संख्या ५ दशमलव ४२ प्रतिशत र कूल निको हुने प्रतिशत ९३ दशमलव १८ प्रतिशत छ । पूर्ण डोज खोप लगाउने संख्या ३७ लाख ९९ हजार पुगेको मन्त्रालयले जनाएको छ ।