काठमाण्डौ, भाद्र ३ । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोना संंक्रमित थपिएका छन् । १६ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १८ दशमलव ७० प्रतिशतमा सङ्क्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख २० हजार ६ सय पाँच पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप दुई हजार एक सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार दुई सय ९९ पुगेको छ ।
यही अवधिमा थप ३३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसगै कोरोनाका कारण मृत्यु हुनेको संख्या सङ्ख्या १० हजार चार सय २९ पुगेको छ ।
अहिले ४० हजार पाँच सय जना सक्रिय सङ्क्रमित रोगसग लडिरेहका छन् ति मध्ये सात सय ३९ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।