काठमाण्डौ, भाद्र २ । नेकपा एमाले छाडेर नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपालले केपी शर्मा ओलीले नचाहेपछि पार्टी एकता टिक्न नसकेको बताएका छन् । आज साँझ एक अपिल जारी गर्दै उहाले आफुले चाहेर पनि पार्टी एकता जोगाउन नसकेको स्पष्टिकरण दिएका हुन् ।
पार्टी एकता जोगाउन निरन्तर प्रयास गरे पनि ओलीले कुनै हालतमा एकता गर्न नचाहेपछि अलग पार्टीको विकल्प नरहेको उल्लेख गरेका छन् ।
जारी अपिलमा नेता नेपालले जति लचक भएपनि ओली कुनै हालतमा पनि एकताको पक्षमा नभएपछि आफ्नो प्रयत्न खेर गएको जिकिर गरेका छन् ।
नेता नेपालले एमालेको यो अवस्था आउनुमा ओली मुख्य दोषी रहेको आरोप लगाएका छन् ।