काठमाडौँ । लामो समय सगै रहेका आधा दर्जन बढि पदाधिकारीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको साथ छाडेका छन् । नया पार्टी खोल्ने प्रक्रिया सुरु भएसगै नेता नेपाललाइ आफ्नैले छोडेका हुन् । नेपालसँग लामो समय सहकार्य गरेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र अर्का उपाध्यक्ष युवराज ज्ञवालीले साथ छाडेका हुन् ।
रावलले यसअघि नै साथ छोडेपनि अन्य दुइजनाले भने अन्तिममा आएर नेपाललाइ धोका दिएका हुन् । त्यस्तै ३ जना सचिवले पनि नेपालको साथमा नरहने बताएका छन् ।
गोकर्ण विष्ट, योगेश भट्टराइ र भीम आचार्यले अझै पनि पार्टी एकताको पक्षमा रहने भन्दै नेपालको दल विभाजन कदमलाइ साथ नदिने बताएका छन् । उनीहरुलाई नेता नेपालका विश्वासपात्र मानिन्थ्यो । अध्यक्ष केपी ओलीले शाक्यलाइ वागमति प्रदेशको मूख्यमन्त्री बनाउने भएपछि शाक्य संस्थापन पक्ष तर्फ लागेकी हुन् ।