राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमालेको माधव नेपाल समूहले नया पार्टी दर्ताको प्रक्रिया अघि बढाएको छ । एमालेको माधव नेपाल पक्षका नेताहरू बानेश्वरस्थित अर्याल होटलमा भेला भएर नयाँ दल दर्ताका लागि हस्ताक्षर संकलन गरिरहेका छन् ।
नेपालकै नेतृत्वमा नयाँ दल दर्ताको तयारी भएको हो ।
आफूपक्षीय जनवर्गीय संगठनलाई मंगलवार सम्बोधन गर्दै नेता नेपालले पार्टी पुनर्गठनको अन्तिम तयारीमा पुगेको बताउनु भएको थियो।
पार्टी विभाजनका लागि नेपाल पक्षका ४ जना स्थायी कमिटी सदस्य मात्र तयार भएका छन् ।
नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले मात्र अहिलेसम्म नयाँ दलको पक्षमा हस्ताक्षर गरेको बताइएको छ । अन्य नेताको समर्थन जुटाउन अहिले पहल भइरहेको छ ।
यसअघि नेपालको पक्षमा १२ जना स्थायी कमिटी सदस्य थिए ।
नेपाल पक्षले नयाँ पार्टीमा उपाध्यक्ष वामदेव गौतम पनि आउने दाबी गरेको छ ।
नया दलको नाम नेकपा एमाले समाजवादी र चुनाव चिन्ह खुल्ला किताब राख्ने विषयमा छलफल भइरहेको बताइएको छ ।