काठमाण्डौं, भाद्र १ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने निर्णय सही भएको अडान दोहर्याउनु भएको छ ।
बाइडेनले आतंकवादलाई पराजित गर्न अफगानिस्तान गएको र सफल भएर फर्किएको दाबी गर्नु भयो । अफगानिस्तान देश बनाइदिन आफुहरु त्यहा नगएको भन्दै आफ्नो मिसन पुरा भएको उहाँको भनाई छ ।
बाइडेनले अफगानिस्तानमा पछिल्लोपटक देखिएको गन्जागोल आफुहरुका कारण नभइ त्यहीको सरकार र सेना मुख्य दोषी रहेको बताउनुभयो । अमेरिका लगायत अन्य मुलुकहरुले सैनिक फिर्ताको अन्तिम मिति नजिकिँदै गर्दा तालिबानले सत्ता आफ्नो हातमा लिइसकेको छ ।
राजधानी काबुलमा तालिबानले सबै क्षेत्र नियमन गर्न बाँकी रहेपनि विदेश जान भन्दै सर्वसाधारण पर्खाल नाघेर विमानस्थल पुगेका थिए । सो क्रममा गोली लागेर वा विमानको पांग्रामा बसेर विदेशिन खोज्दा कम्तीमा सात जनाको मृत्यु भएको छ ।