काठमाण्डौं, भाद्र १ । अफगानिस्तानमा रहेका नेपालीको स्वदेश फिर्ता प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले काबुलबाट एक सय १८ जना आज बिहान काठमाण्डौैं आइपुगेका मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई अमेरिकी रक्षा मन्त्रालयले उद्धार गरेर कुवेत पुर्याएको थियो ।
कुवेतबाट उनीहरुलाई चार्टर उडानमार्फत काठमाण्डौं ल्याइएको मन्त्रालयको भनाई छ ।
उनीहरु जजिरा एयर मार्पफत नेपाल आएका हुन् ।
स्वदेश फर्किन चाहनेलाई कन्सुलर विभागको वेभसाइटमा गएर दर्ता गर्न भनिएकोमा हालसम्म एक सय ३४ जनाले फर्किन चाहेका बताएका छन् ।
यसअघि परराष्ट्र मन्त्रालयले गुगलमा गएर नेपाल कन्सुलर टाइप गर्दा भेटिने कन्सुलर विभागको वेभसाइटमा अफगानिस्तान सम्बन्धी लिंकमा गएर फर्म भर्न भनेको छ ।
अनौपचारिक विवरण अनुसार अहिले पनि छ सय नेपाली काबुलमै रहेको बताइन्छ ।