काठमाण्डौं, श्रावण ३२ । औपचारिकतामा सिमित भएको प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज विहान बसेको मन्त्रीपरिषदको बैठकले संसदको चालु अधिवेशन अन्त्यकालागि सिफारिस गरेको हो ।
सिफारिशमा अधिवेशनको अन्त्य सोमबार मध्यराति १२ बजेबाट लागु हुने उल्लेख छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाले पुनः ब्युँताइदिएको थियो । सर्वोच्चको फैसला अनुसार संसद ब्यूतिएको पाँच दिन पछि संसद बैठक सुरु भएको थियो । शून्य र विशेष समयमा सांसद्हरुले बोल्ने बाहेक प्रतिनिधिसभाबाट कानुननिर्माण सम्बन्धी गतिविधिले भने संसदमा ठाउ पाएको छैन ।