बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्न संसदको सरकारलाइ निर्देशन, एमाले सांसद बासकोटा भन्छन् सरकार निदाएको छ

सोमबार, साउन ३२ २०७८

काठमाण्डौ, श्रावण ३२ । प्रतिनिधिसभाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले  त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहने वातावरण बनाउदै तत्काल स्वदेश फर्काउने व्यवस्था गर्न सरकारलाइ निर्देशन दिनु भएको हो ।  त्यस्तै उहाले उनीहरुको उद्दारका विषयमा भइरहेको प्रगती आगामी बैठकमा पेश गर्न पनि सरकारलाइ निर्देशन दिनु भएको छ ।  
त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न माग गरेको थियो । बैठकमा बोल्दै एमाले सांसद गोकुल बास्कोटाले २० वर्षपछि इतिहास दोहोरिएको र दुनियाँसँगै त्यहाँ नागरिकहरु त्रसित रहेको  तर नेपाल सरकार मौन रहेको भन्दै उहाले कम्फर्टेबल सरकार भने सुतेको टिप्पणी गर्नुभयो । 
अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा जमाएपछि त्यहाँ रहेका विदेशी नागरिक असुरक्षित महशुस गरिरहेका छन् ।  धेरै देशले आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । यसअघि आजै बसेको मन्त्रिपरिषद बैठकले पनि अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने निर्णय गरेको थियो ।