आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपालमा कोरोना लाग्नेको संख्या ८ लाख नाघ्यो, संक्रमण दर २१ प्रतिशत माथि

शनिबार, साउन ३० २०७८

काठमाण्डौ, श्रावण ३० । नेपालमा कोरोना लागेकाहरुको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा करीब ४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै हालसम्म संक्रमति हुनेको संख्या ८ लाख २ हजार ५ सय नाघेको हो । गएको २४ घण्टामा, १८ हजार ५ सय जनाको परीक्षण गर्दा, ३ हजार ९ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । यो संक्रमण दर २१ प्रतिशतभन्दा बढी हो ।

 काठमाडौं उपत्यकामा १ हजार ८९ जनालाई संक्रमण देखिएको छ ।  

अहिलेसम्म ६ लाख ७९ हजार ५ सय जना कोरोना मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार २ सय ३९ पुगेको छ। हाल देशभर ३८ हजार ७ सय ९८ जना सक्रिय संक्रमित छन् ।  

संक्रमितमध्ये ३५ हजार ५ सय जना होम आइसोलेसनमा छन् भने  ३ हजार २८० जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा राखिएकामध्ये  ७ सय ३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा छन् ।