आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बैंक तथ बित्तीय संस्थाहरुको दोहोरो लगानी भएका लघुुबित्त संस्थाहरु मर्जरमा जानुु पर्ने

शनिबार, साउन ३० २०७८

काठमाडौ, l बैंक तथ बित्तीय संस्थाहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुुबित्त संस्थाहरु मर्जरमा जानु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक बर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउने घोषणा गरेको हो । 

सो अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएकालघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने छ । यसैगरी थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच समेत एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । 

यसैगरी बचत तथा ऋण सम्बन्धी कारोबार गर्ने सहकारी संस्था बाहेकका अन्य विषयगत सहकारीसंस्थाका समूह सदस्य मार्फत सामूहिक खेती तथा पशु-पंक्षीपालन गर्ने प्रयोजनको लागि प्रति सदस्य पाँच लाख रुपैयाँ ननाघ्ने गरी त्यस्ता सहकारी संस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।