बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मौद्रिक नीति सार्वजनिक : मुद्रा स्फीति ६ दसमलव ५ प्रतिसतमा सिमित राखिने

शुक्रबार, साउन २९ २०७८

काठमाडौ, l नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षमा मुद्रा स्फीतिलाई छ दसमलव पाँच प्रतिसतमा सिमित राख्ने भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आज शुक्रबार आर्थिक बर्ष २०७८–०७९ को लागि मौद्रिक नीति सार्वजनिक गर्दे उक्त घोषणा गरेका हुन ।

मौद्रिक नीतिले आर्थिक पुनरोत्थानमा टेवा दिंदै उक्त आर्थिक मुुद्रा स्फीतिलाई नियन्त्रणमा राख्ने घोषणा गरेको हो । यसको लागि आव २०७८–०७९ मा कम्तीमा पनि सात महिनाको बस्तु तथा सेवा आयात धान्नको लागि पर्याप्त हुने बिदेशी मुद्राको सञ्चिती राखिने मौद्रिक नीतिमा उल्लेख छ ।