आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एक थान कटुवा पेस्तोल सहित तीन जना पक्राउ 

शुक्रबार, साउन २९ २०७८

कपिलवस्तु, l महाराजगंज नगरपालिका–९ औरहवाबाट १ थान घरेलु नलकटुवा पेस्तोल र सोही पेस्तोलको ३ राउण्ड गोली सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय लक्ष्मण यादव, २८ वर्षीय बिश्वम्वर यादव र ४१ वर्षीय सम्साद अहमद खाँ रहेका छन् ।

प्रहरी चौकी कुशुहवाबढनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।