आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

दुईनाले भरुवा बन्दुक सहित एक जना पक्राउ

शुक्रबार, साउन २९ २०७८

कास्की, l मादी गाउँपालिका–५ थाम बस्ने २६ वर्षीय कोष बहादुर गुरुङलाई १ थान दुईनाले भरुवा बन्दुक, सोही बन्दुकको ५ थान गोली र २ सय ग्राम बारुद सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा अवैध हातहतियार राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।