काठमाडौ, l केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सिआईबीका अनुसार अर्घाखाँची जुकेना गा.वि.स.८ साविक शितगंगा न.पा. वडा नं.५ घर भई हाल काठमाडौं जिल्ला चन्द्रागिरी न.पा.वडा नं.६ बस्ने वर्ष ३५ को कासीराम भुसालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आई.एम.ई. बैकको चेक काटी दिएका थिए ।
जसबाट बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट २०७७ माघ चार गते प्रतिवादी भुसालको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम १५ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।
सिआईबीका अनुसार सो पश्चात फरार रहेका भुुसाललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिबादी भुषाललाई आज बुुधबार चन्द्रागिरीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको हिो ।