आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

खैरो हिरोईन २० ग्राम सहित दुई जना पक्राउ

सोमबार, साउन २५ २०७८

काठमाडौ, l खैरो हिरोईन २० ग्राम सहित दुई जना पक्राउ परेकाछन । वृत्त महाराजगंजद्दारा परिचालन टोलीले प्रतिवन्धित लागूऔषध खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्र्रहरी बृत्त महाराजगञ्जका अनुसार साउन २२ गते शुक्रबार अन्दाजी १४ः०० वजेको समयमा काठमाडौ महानगरपालिका वडा नं ३ धारापाटी स्थित  सुरज राजभण्डारीको घरको भुई तल्लामा डेरा गरी वस्ने सुवास वराल र मोविन जोलाहाले खैरो हिरोईन वेच विखन गरिरहेको भन्ने सुचानाका आधारमा वृत्त महाराजगंजको विशेष टोलीले चेकजाँच गर्दा लागू औषध २० ग्राम , लागू औषध जोख्ने तराजु एक थान, मोवाईल तीन थान, नेपाली ८२ हजार, भारतिय पाँच सय दरको नौ हजार फेला परेको हुँदा निजहरुला नियन्त्रण लिई वृत्त महाराजगंजवाट लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भईरहेको छ ।