आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कटुवा पेस्तोल र भरुवा बन्दुक सहित एक जना पक्राउ 

शुक्रबार, साउन २२ २०७८

बाँके, l नरैनापुर गाउँपालिका–६ दोन्द्रागाँउबाट १ थान कटुवा पेस्तोल, १ थान एकनाले भरुवा बन्दुक र उक्त भरुवा बन्दुकमा लाग्ने ३ थान छर्रा सहित सोही ठाउँ बस्ने ५० वर्षीय छोटेलाल राढलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हातहतियारको बिक्री भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङबाट खटिएको प्रहरीले उनको साथबाट उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।