आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नगद एक लाख रुपैयाँ लुटपाट

शुक्रबार, साउन २२ २०७८

भक्तपुर, l मध्यपुरठिमी नगरपालिका–६ ठिमी पाटी बिहारस्थित सडकबाट चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बस्ने ४८ वर्षीया पवित्रा महतको नगद एक लाख रुपैयाँ बिहीबार दिउँसो लुटपाट भएको छ । 

वोडेस्थित आईएमईबाट झिकेर ल्याएको उक्त नगद हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका दुुई जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।