आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा १ जना पक्राउ

बिहिबार, साउन २१ २०७८

काठमाडौं, l काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

रातिको साढे १ बजेको समयमा उक्त एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।