काठमाडौँ l प्रहरीले सिल्भर कलरको पोलिस लगाएको सुन जस्तो धातु सहित तीन व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा मिनभवनक अनुसार अन्तराष्ट्रिय बिमानस्थलको प्रयोग गरी साकिर अली समेतका व्यक्तिहरुले बिभिन्न देशहरुबाट भन्सार छलेर अवैधरुपमा सुन चोरी पैठारी गरी काठमाडौ ल्याई कारोवार गर्ने गरेको गोप्य सुचना महाशाखामा आएको थियो ।
सोही सुचनाको आधारमा सुक्ष्मरुपमा अनुसन्धान गर्दे साकिर अली समेतका व्यक्तिहरुको खोजतलास गर्दा आज बुुधबार बिहान अन्दाजी १० बजे भारतको राजस्थान घर भएका २७ बर्षिय साकिर अली, भारतको राजस्थान नै घर भएका २८ बर्षिय अब्दुुल सतार र भारतको राजस्थान नै घर भएका २४ बर्षिय प्यार मोहम्मद सहितका तीन व्यक्तिहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तिनै व्यक्तिहरुको काठमाडौको सिनामंगलमा रहेको मिर्चेया मल्हनिया गेष्ट हाउसको कोठा न २०२ बाट पक्राउ गरिएको हो ।
सो क्रममा कोठामा रहेको कालो सुटकेशको खानतलासी गर्र्दा सिल्भर रंगको पोलिस लगाएको घोटी हेर्दा सुनजस्तो पंहेलो रंगको धातुको रोल आठ थान, सिल्भर रंगको धातुको टुक्रा दुई थान र पंहेलो धातुको बिस्कुट आकारको पाता एक थान सहित एक केजी आठ सय ६६ ग्राम सिल्भर रंगको पोलिस लगाएको धातुको पाताहरु बरामद गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिहरुलाई प्रयोग गरी बिभिन्न घरासयी प्रयोजनका सामानहरुमा लुकाई छिपाई जलप लगाइर्ए स्वरुप समेत परिवर्तन गरी भन्सार छली ल्याउने गरेको बुझिएको महाशाखाले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुको साथबाट पाँच सय दरका भारतीय दरको दुई सय ११ थान नोट एक लाख पाँच हजार पाँच सय समेत बरामद भएको महाशाखाले जनाएको छ ।