आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको लत्ताकपडा बरामद 

मंगलबार, साउन १९ २०७८

मोरङ्ग, l मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ दरैयास्थित सीमा ईलाकाबाट साउन १७ गते सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।