काठमाडौ, l बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी राम खड्का पक्राउ परेकाछन ।नौ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ् कसूर मुद्दाका पटके फरार प्रतिवादी खड्कालाई केन्दिय अनुसन्धान व्युरो (सिआईबी) ले बुधबार काठमाडौको हात्तिगौैंडाबाट पक्राउ गरेको जानकारी दिएको छ ।
सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं प्रक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा ४६ बर्षिय राम खडकालाई काठमाडौको हात्तिगौडाबाट बुधबार पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो ।
फरार प्रतिबादी खड्कालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । प्रतिवादी खड्काले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी एन.आई.सी एसिया बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट २०७८ बैशाख १४ गते प्रतिवादी खड्काको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम नौ दिन कैद र नौ लाख रुपैयाँ जरिवाना ठहर भएको सिआईबीले सिआईबीले जानकारी दिएको छ ।