काठमाडौ l बैंकिङ कसुर सम्वन्धी मुद्धा दर्तामा कमी आएको छ । नेपाल प्रहरीले आर्थिक बर्ष २०७७–०७८ को समग्र कार्य प्रगती बिवरण सार्वजनिक गर्दे बैंकिङ कसुर सम्वन्धी मुद्धा दर्तामा कमी आएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार बैंकिङ कसुर सम्वन्धी मुद्धा दर्तामा पछिल्लो आर्थिक बर्षमा २८ दसमलव २९ प्रतिसतले कमी आएको छ । प्रगती बिवरण अनुसार आर्थिक बर्ष २०७४–०७५ मा बैंकिङ कसुर सम्वन्धी सात सय ७६ वटा मुद्धा दर्ता भएका थिए ।
आर्थिक बर्ष २०७६–०७७ मा भने यो संख्या बढेर तीन हजार तीन सय नौ पुगेको छ । प्रहरीका अनुसार आर्थिक बर्ष २०७७–०७८ मा भने बैंकिङ कसुर सम्वन्धी कुल मुद्धा दर्ता दुुई हजार तीन सय ७३ मा सिमित रहेको छ ।