बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रिलायन्स लाइफद्वारा दुई करोड ५० लाखको मृत्यु दावी भुक्तानी

शुक्रबार, साउन १५ २०७८

काठमाडौ l रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावीभुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा चन्द केडिया, संचालक जगदीशकुमार अग्रवाल लगायत कम्पनीका पधाधिकारीको उपस्तिथि रहेको थियो ।  कम्पनीले हाल सम्म आठ करोड २३ लाख रुपैयाँ बराबरको  दावी  रकम भुक्तानी गरेको छ ।