आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुन जस्तो देखिने पहेलो रंगको धातु सहित एक मानिस पक्राउ

बुधबार, साउन १३ २०७८

काठमाडौं । सुन जस्तो देखिने पहेलो रंगको धातु सहित एक मानिस पक्राउ परेकाछन । साउन १२ गते मंगलबार हिमालय एयरको उडानद्वारा दुवईबाट काठमाण्डौं आगमन भएका यात्रु जि.गोरखा स्थायी वतन भएका पदम परियारको गतिविधि संकास्पद देखिएकोले निजलाई निग्रानी गर्दै जाँदा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स रे मा चेकजाँचको क्रममा निजले लिई आएको कफी मेकर माथि शंका लागि खोली हेर्दा फलामे कप आकारको बस्तु तीन वटा पत्रले बनेकोमा पहिलो र अन्तिम पत्र फलाम जस्तो देखिने धातुको रहेको र बीचको पत्र (दोश्रो पत्र) सुन जस्तो देखिने पंहेलो रंगको धातुको तौल जम्मा ११६५ ग्राम फल्स बटम बनाई लुकाई छिपाई अबैध रुपमा भन्सार छली गरी लैजान लागेको अवस्थामा नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा लिईएका परियारलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि भन्सार कार्यालय त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल गौचरमा बुुझाईएको प्रहरीले जनाएको छ । 

received_934846330432278.jpeg