आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सालको गोलिया काठ बरामद 

मंगलबार, साउन १२ २०७८

महोत्तरी जिल्लाको गौशला नगरपालिका ११ स्थित लक्ष्मीनिया टोलबाट साउन १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ६६ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । 
सो ठाउँस्थित बगैचामा लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो  । बरामद काठ सागरनाथ वन परियोजनाको कार्यालयमा बुझाईएको छ ।