आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

मृत अवस्थामा फेला   

मंगलबार, साउन १२ २०७८

काठमाडौंको दक्षिणकाली नगरपालिका–९ बसिन टोलस्थित भित्री बाटोमा भारत घर भएका ४० वर्षीय तेस्वाङ दोर्जे सोमबार मृत अवस्थामा फेला परेका छन् । 
झापा, मेचीनगर नगरपालिका–१२ पिपलडाँगीस्थित धान खेतमा सोही नगरपालिका शरेडाँगी बस्ने ७६ वर्षीय दुर्गा बहादुर मुखिया सोमबार मृत अवस्थामा फेला परेका छन् । 
रुकुम (पश्चिम), त्रिवेणी गाउँपालिका–४ कुरल बस्ने २५ वर्षीया मनकला खड्का घर नजिकै बारीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।