आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ 

मंगलबार, साउन १२ २०७८

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमी चोकबाट ड्यूटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा दोलखा गौरीशंकर गाउँपालिका–२ घर भई भक्तपुर ठिमी चारदोबाटो बस्ने ३३ वर्षीय ध्रुब बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 
मादक पदार्थ सेवन गरी आएका बस्नेतले उक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरी टोलीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।