आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ  

मंगलबार, साउन १२ २०७८

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ जुम्ला रोडस्थित दैलेख डुङगेश्वर गाउँपालिका–५ घर भएकी २६ वर्षीया शकुन्तला न्यौपानेको सुर्खेती स्टाफ होटलमा जुवातास खेलिरहेको अवस्थामा न्यौपाने लगायत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १४ हजार ९ सय ७० रुपैयाँ, विभिन्न बैंकका १३ थान चेक र १ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।