आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

अबैध लागूऔषध सहित पक्राउ

मंगलबार, साउन १२ २०७८

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–८ गिदनियाबाट करिब ६ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित  गौरीगंगा नगरपालिका–११ शिवपुर बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालय अनुसन्धान ब्यूरो धनगढीबाट खटिएको प्रहरीले पैदलयात्री धामीलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलाबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध गोदावरी नगरपालिका–६ बस्ने ३५ वर्षीय धन बहादुर धामीको भन्ने खुल्न आएपश्चात उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । साथै धनबहादुरको साथबाट नगद १ लाख २० हजार रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ । 

पर्साको पटेर्वासुगौली गाउँपालिका–४ पटेर्वाटोलबाट २७ केजी अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ । लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ २ जना पुरुषले साथमा बोकी ल्याएका २ वटा बोरा फाली भागी फरार भएपश्चात बोरामा रहेको परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिई फरार रहेका व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।