आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, साउन ११ २०७८

काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेकीछन । केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं प्रक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा प्रतिबादी शोभा गुरुङलाई ललितपुको कुपण्डोलबाट आज सोमबार पक्राउ गरेको हो । 

पक्राउ परेकी गुरुङलाई फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको सिआईबीले जाानकारी दिएको छ । निज प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सानिमा बिकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट मिति २०७७।१२।३० गते निज प्रतिवादीको हकमा  बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा १४ दिन कैद र १३ लाख ७० हजार रुपैयाँ जरिवाना कायम गरिएको छ ।