दार्चुला । ब्याँस गाउँपालिका–५ दर्पा भीर र सोही गाउँपालिका–६ ताङ्ले भीरमा वर्षाको कारण शुक्रबार बिहान पटक पटक पहिरो जाँदा दार्चुला तिङ्कर कच्ची सडकखण्ड पूर्णरुपमा अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय हुतीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।