आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

१ किलो लागूऔषध गाँजा सहित पक्राउ      

आइतबार, साउन १० २०७८

उदयपुर । बेलका नगरपालिका–८ हाक्तीसुडेबाट १ किलो अवैध लागूऔषध गाँजा सहित सुनसरी बराहाक्षेत्र नगरपालिका–६ चकरघट्टी बस्ने २९ वर्षीय बलराम यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।