काठमाडौँ l जीवन विकास र मनकामना लघुवित्तको सेयर नेप्सेमा कारोबार भएर अहिले सम्म आउन सकेको छैन । जीवन विकास लघुवित्तले सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको साउन १० गते १९ दिन पुगे पनि शेयर बाँडफाँटमा आउन नसकेको हो भने मनकामना लघुवित्तले शेयर बाँडफाँट गरेको १२ दिन पुग्दा पनि नेप्सेमा कारोबार हुन सकेको छैन l
यी दुवै कम्पनीले सर्वसाधारणलाई शेयर बाँटफाँट गरेको लामो समय भए पनि दोस्रो बजारमा अझै सूचीकृत गराएका छैनन्। यी दुवै कम्पनी सूचीकरणको प्रक्रियामा रहेको बताउँछन्। जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको आईपीओ सूचीकृतका लागी नेप्सेमा डकुमेन्टहरु पठाइसकेको छ । आइतबार वा सोमबारसम्म सूचीकृत हुनसक्ने छ । नेप्सेमा सूचीकरण सम्झौता भएपछि कारोबार दोस्रो दिन देखि नै हुन सक्नेछ ।
जीवन विकास लघुवित्तको आईपीओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएपछि पहिलो सेयर कारोबार न्युनतम प्रतिकित्ता ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्म रेञ्ज तोक्न सक्ने सम्भावना रहेको छ ।
त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको आईपीओ ३६ हजार ३४९ जनाले १० कित्ताका दरले पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन् । कम्पनीले असार १७ गतेदेखि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणलाई छुट्याईएको थियो ।
मनकामना स्मार्ट लघुवित्तको आईपीओको ओपनिङ रेञ्ज न्युनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्म तोक्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।