आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

बिहिबार, साउन ७ २०७८

बाँके । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय बिष्णु जिवन धिताल (सन्ज्याल)लाई  बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूरमा ३ दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।