आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

दुईनाले भरुवा बन्दुक सहित पक्राउ 

बिहिबार, साउन ७ २०७८

कास्की । पोखरा महानगरपालिका–१ बगरस्थित  ग.१ च ४३७३ नम्बरको कारबाट १ थान दुईनाले भरुवा बन्दुक सहित कार चालक सोही महानगरपालिका–१६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उक्त कार जाँच गर्ने क्रममा डिक्कीमा लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।