आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एक थान भरुवा बन्दुक बरामद

बुधबार, साउन ६ २०७८

वाग्लुङ । तमानखोला गाउँपालिका–२ बेशिपाखास्थित जंगलबाट १ थान एकनाले भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । 
प्रहरी चौकी वोङगादोभानबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त जंगलमा रुखमुनि लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।