आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ 

बुधबार, साउन ६ २०७८

काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी परेकाछन । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) अनुसार फरार प्रतिवादी पबित्रा श्रेष्ठलाई सोमबार काठमाडौको पेप्सीकोलाबाट पक्राउ गरी आज मंगलबार सार्वजनिक गरिएको हो ।सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको र निज प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी नबिल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट २०७७ चैत एक गते निज प्रतिवादीको हकमा  बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम सजाय हुने गरी फैसला भएको ब्यहोरा भएको छ । पक्राउ परेकी प्रतिवादी ४४ बर्षिया श्रेष्ठ उपर १४ लाख रुपैयाँ जरिवाना र तीन दिन कैदको सँजाए तोकिएको छ ।