आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ  

सोमबार, साउन ४ २०७८

काठमाडौं महानरगपालिका–६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर हुने ३५ वर्षीया तारा थापा लगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई  नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

नवलपरासी(पूर्व), कावासोती नगरपालिका–३ अठ्ठाइस बिगाहा बस्ने शोभा बिकको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय शेर बहादुर बिक लगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १९ हजार २ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।