आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

चोरीपैठारीका सामान सशस्त्र प्रहरीद्वारा बरामद

सोमबार, साउन ४ २०७८

काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ सम्सी बजारबाट साउन ३ गते सशस्त्र प्रहरीले करीव २ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । 

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ५० हजार रुपैयाँ रहेको छ । 

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले साउन ३ गते करीव १ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।