आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एकनाले भरुवा बन्दुक सहित पक्राउ 

आइतबार, साउन ३ २०७८

पाँचथर । फिदिम नगरपालिका–९ लुङफाबुङस्थित गोरेटो बाटो बस्ने ३० वर्षीय शुक्रराज राईलाई १ थान एकनाले भरुवा बन्दुक सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
उक्त भरुवा बन्दुक लोड गरी लिई सोही ठाउँस्थित बाटोमा हिँडिरहेको अवस्थामा प्रहरी चौकी नवमिडाँडाबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।