आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ 

आइतबार, साउन ३ २०७८

काठमाडौं महानगरपालिका–२१ भोटेवहाल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–३ घर भएका ४३ वर्षीय राज कुमार नगरकोटीको कोठामा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२२ सुन्धार बस्ने २७ वर्षीय मिलन बहादुर मगर लगायत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ३० हजार ६ सय रुपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका–१६ बालाजु चमती कल्याणनगरस्थित कमल बम मल्लको ग्यारेजमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ बस्ने माधव महत लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई  नगद ३८ हजार ४ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।