आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

महाबचत बजार अभियानको तयारी पुरा गर्दै दराज, म्याक बुक प्रो १३ साथै आई फोन १२ जित्ने मौका

आइतबार, साउन ३ २०७८

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार,दराजले श्रावन ३ ,२०७८ (१८ जुलाई ,२०२२) देखि दराज महाबचत बजार सुरु हुने घोषणा गरेको छ । यस अभियानको मुख्य उदेश्य ग्राहकहरुका लागि बचत प्रबर्धन गर्नु हो । अभियानको मुख्य हाइलाइटहरू भने चार हजार रुपैयााँसम्मको छुट, बैंक कार्ड वा आईएमई पे मार्फत अनलाइन प्री–पेमेन्टमा दुुई हजार रुपैयाँसम्मको छुट, रु १ मा आई फोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, नि शुल्क डेलिभारी , नि शुल्क भौचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ । 

यस अभियानको लागि, नाबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबी बैंकका कार्डधारकहरूले प्री–पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन् । यी बैंकका डेबिट कार्ड धारकहरूले १५ प्रतिसत अर्थात १५ सय रुपैयाँसम्मको छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्री–पेमेन्टमा २० प्रतिसत अर्थात दुुई हजार रुपैयाँसम्म छुट पाउनेछन । यो अफर सिमित समयको लागि मात्र उपलब्द रहेको कम्पनीले जनाएको छ । यसै गरि, ग्राहकहरु आफ्नो आईएमई पे  खाता मार्फत प्री–पेमेन्ट गरेर मूल्य अजै कम गर्न पनि सक्दछन् । 

mnemonic.png

आईएमई पे मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदहरूमा २० प्रतिसत वा एक हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन् । यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिसत सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री–पेमेन्टी गरेमा १५ प्रतिसत वा पाँच सय रुपैयाँसम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व–भुक्तानीमा २० प्रतिसत वा पाँच सय रुपैयाँसम्म छुुट पाउन सक्नेछन । 

दराज महाबचत बजारमा प्रदर्सित “खेल एक रुपैयाँ” मा भाग लिये ग्राहकहरुले एक लाख ३३ हजार रुपैयााँ मूल्यको आई फोन १२ र ५० हजार रुपैयााँ बराबरको बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल एक रुपैयाँमा जित्न सक्नेछन् । यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्द छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे  खाता प्रयोग गरि एक रुपैयाँ भुक्तानी गर्न सक्दछन् । यटि जितेनन भनि रकम फिर्ता हुनेछ । 

दराज महाबचत बजारमा नयाँ सामसंग एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ । शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसंग, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन् । ७० हजार रुपैयाँ भन्दा बढी अर्डरको साथ दराज महा बचत बजारले गत वर्ष धेरै राम्रो प्रदर्शन गरेको थियो । यस वर्ष, ग्राहकहरूले अनलाइन पूर्व–भुक्तान र आईएमई पे मार्फत अझ बढी बचत गर्न सक्नेछन् ।

ग्राहकले ६ लाख भन्दा बढी उत्पादनहरू मध्ये छनौट गर्न सक्दछन् भने हाम्रो १० हजार भन्दा बढी विक्रेता रदराज आफैं पनि पूर्ण ग्राहक सन्तुष्टिको डेलिभर गर्न तयार छन् । यसै गरि हामी छूट, एफबी लाइभ भिडियो, प्रतियोगिता र प्रस्तावहरूको साथ एक रमाईलो अभियानको लागि आशा गरिरहेका छौं”– दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने, ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउदै छ । त्यस्तै गरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ ।