बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गायक निरज थापाको आवाजमा तिज गीत “लरी बरी लै” सार्वजनिक

शुक्रबार, साउन १ २०७८

काठमाडौ l गायिका दिपिका भुषाल र गायक निरज थापाको आवाजमा नेपाली नारिहरुको महान चाड हरितालिको अवसरमा मौलिक तिज गीत “लरी बरी लै” डिजिटल बजारमा सार्वजनिक भएको छ ।

नेपाली नारिहरुको पिर र वेदनालाई ठटयौली पारामा मनका भावना गीतमा पोखिएको छ । निरज थापाको शब्द तथा लय सिर्जना र भुमी राज थापाको एरेन्ज गीतमा रहेको छ  ।

दिवश गुरुङको छायाँकन, सुवास देवकोटाको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा कला राई , रितेष श्रेष्ठ, गोविन्द लामा, सविना केसी, रुसाल रुसाल, मोतीराम थापा, स्वस्तिका राई र लाल बहादुर थामीको आकर्षक नृत्य तथा अभिनय रहेको छ । 
भिडियो