आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान 

शुक्रबार, साउन १ २०७८

काठमाडौ l सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा असार ३१ गते आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका दुई जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दज्र्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ ।

नेपाल सरकार माननीय उपप्रधान तथा गृहमन्त्रीस्तरको असार २९ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकद्वय कालीदास धौवजी र कुमार न्यौपाने सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा अनुशासित र ईमान्दारितापूर्वक व्यवसायिक ढंगबाट जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पु¥याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्त भएको उल्लेख गर्नुहुँदै दर्जासँगै प्राप्त भएको थप जिम्मेवारी निर्वाहमा अझ बढि कृयाशिल रहँदै ईमान्दारितापूर्वक कार्यसम्पादनमा जुट््न निर्देशन समेत दिनुभयो ।

1.JPG

उहाँले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत अनुशासन, ईमान्दारीता, कर्तव्यनिष्ठ बनाई उच्च मोराल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै राष्ट्रको सुरक्षा, नागरिकको सेवा, विपद् प्रकोप पीडितको उद्धार, सीमा सुरक्षा, चोरीपैठारी तथा निकासी नियन्त्रण लगायत राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई कृयाशिल रहन निर्देशन दिनुभयो ।

2.JPG

राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले विश्वव्यापी महामारीका समय होस वा विभिन्न भौगोलिक क्षेत्रमा रहि कठ्यांग्रीने जाडो तथा प्रचण्ड गर्मी र विपद् प्रकोपको समयमा समेत आफ्नो ज्यानको प्रवाह नगरी अग्रपंक्तिमा खटिदै आफ्नो भूमिका निर्वाहमा कटिवद्ध रहेर सांगठानिक विकास तथा राष्ट्र र नागरिकको सेवा सुरक्षामा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भ्रष्टाचार, मानवअधिकार र लैगिंक हिंसा लगायतका विषयमा संगठन शुन्य सहनशिलताको नीति अङ्गिकार गर्दै अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै सोको सबैले अनुशरण गरी सुशासन कायम राखी शान्ति सुरक्षाको माध्यमद्वारा समग्र राष्ट्रको विकासमा व्यक्तिगत स्वार्थभन्दा माथि रहेर सामुहिक भावनाकासाथ उच्च मोरालमा रहि व्यवसायिक कार्यसम्पादनमा जुट्न  सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत त्यसैअवसरमा निर्देशन दिनुभयो ।

3.JPG
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।