आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

चोरीपैठारीका बिभिन्न औषधी सशस्त्र प्रहरीद्वारा बरामद

शुक्रबार, असार २५ २०७८

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ टुकैनीस्थित सीमा ईलाकाबाट असार २४ गते सशस्त्र प्रहरीले करीव ७ लाख ७१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।
भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राईको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।